काठमाडौँ । आफूलाई झाँक्रीका रुपमा चिनाउँदै आएका प्रकाश भुजेलको गाडी दुर्घटना हुँदा ज्यान गुमाएका परिवारबीच सहमति भएको छ । ब्रम्हखेलमा उनले चलाएको ल्याण्ड क्रुजर गाडीले ठक्कर दिँदा मृत्यु भएका दम्पतीको शव उठ्ने भएको हो ।
कार्तिक २८ गते काठमाडौँको शंखरापुर नगरपालिका ९ स्थित ब्रम्हखेलमा भुजेलले चलाएको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहरा २ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको हो ।
मृतक परिवार र भुजेल पक्षबीच सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । दुर्घटनापछि भुजेललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
उनले चलाएको बा १९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश ०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । नगरकोटीका दुई जना बच्चा छन् ।