गरिमा विकास बैंकले ‘गरिमा रोड रेस कम्पिटिशन–२०८१’ आयोजना गर्दै-Sutra News

गरिमा विकास बैंकले ‘गरिमा रोड रेस कम्पिटिशन–२०८१’ आयोजना गर्दै

सोमबार, ३ मंसिर २०८१

सोमबार, ३ मंसिर २०८१

काठमाडौं। गरिमा विकास बैंक लिमिटेडले १८औँ वार्षिकोत्सवको अवसरमा शनिवार ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ आयोजना गर्दै छ ।



विकास बैंकले खुलातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दूरीको ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ आयोजना गर्न गइरहेको हो । दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् ।

खुलातर्फको १० किलोमिटर ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ मा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरूले मात्र सहभागिता जनाउन सक्नेछन् ।

सो कार्यक्रममा महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक सहभागी संख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । प्रत्येक वर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने विकास बैंकको योजना रहेको छ ।

२०८१ मंसिर ७ गते १८औं वार्षिकोत्सव मनाउन गइरहेको विकास बैंकले सो अवसरमा काठमाडौँमा ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ सहित देशभर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दै छ ।

बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमुलक कार्यक्रहरुसँगै अन्य विभिन्न कार्यक्रमहरू आयोजना गरी वार्षिकोत्सव मनाउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट