काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सुदूरपश्चिम प्रदेशको यात्रा सुरू भएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आजबाट बाजुराको कोल्टीबाट यात्रा प्रारम्भ भएको हो ।
उक्त यात्रा कैलालीको साडेपानीमा पुग्ने सकिनेछ । कर्णाली यात्रापछि उत्साहित भएर अहिले सुदूरपश्चिम यात्रा गर्न लागेको हो ।
सुदूरपश्चिमको कुरा सुन्न र आफ्ना कुरा भन्न राप्रपाले यात्रा तय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए ।