पुलमा भ्वाङ परेपछि विमानस्थल जान सडक बन्द-Sutra News

पुलमा भ्वाङ परेपछि विमानस्थल जान सडक बन्द

सोमबार, ३ मंसिर २०८१

सोमबार, ३ मंसिर २०८१

काठमाडौँ । चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेपछि अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा विगत एक वर्षअघि भ्वाङ परेको थियो ।



मर्मत सम्भार नगरिँदा भ्वाङ बढेर अहिले पुलबाट चार चक्के सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । उक्त सडकमा बस र सानो आकारका गाडीले सेवा बन्द गरेको मेचीनगर १५ निवासी हिरण्य न्यौपानेले बताए ।

धुलाबारीबाट ज्यामिरगढी हुँदै भद्रपुर जाने टेम्पो, म्याजिक भ्यान लगायतका सवारी साधनले उत्तरी झापाका सर्वसाधारणलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस, जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सरकारी कार्यालय जान सुविधा पुर्याउँदै आएका थिए ।

भुटान, भारतको सिक्किम, दार्जिलिङ, कोलकाता, आसाम लगायतका स्थानबाट नेपाल आउने पर्यटकले चन्द्रगढी विमानस्थल प्रयोग गर्न सोही सडक प्रयोग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट