काठमाडौँ । जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।
स्थानीय तह उपनिर्वाचन २०८१ मा उम्मेदवारी दर्ता गराएका उनी निर्विरोध निर्वाचित भएको नेपाली कांग्रेसले जनाएको छ । कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहम् भूमिका निर्वाह गरेका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालयले धन्यवाद व्यक्त गरेको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको वक्तव्यमा भट्टराईलाई निर्विरोध निर्वाचित गराउन सहयोग गर्ने सबै दललाई धन्यवाद व्यक्त गरिएको छ ।