आजदेखि पृथ्वी राजमार्ग दैनिक साढे चार घण्टा बन्द हुँदै-Sutra News

आजदेखि पृथ्वी राजमार्ग दैनिक साढे चार घण्टा बन्द हुँदै

सोमबार, ३ मंसिर २०८१

सोमबार, ३ मंसिर २०८१

काठमाडौँ । मुग्लिङ-पोखरा सडक योजना अन्र्तगत तनहुँ खण्डमा पर्ने छिर्कन-देउराली खण्ड आज राति ११ बजेदेखि २० दिन दैनिक चार घण्टा ३० मिनेट बन्द हुने भएको छ ।



पहिलो चरणमा आज राति ११ बजेदेखि राति १ बजेसम्म र दोस्रो चरणमा राति १ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्ण रुपमा बन्द हुने भएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँले आज सूचना जारी गर्दै लामो समय सडक बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चालक तथा सवारी धनिलाई अनुरोध गरेको छ ।

मंसिर ३ गते सोमबारदेखि मंसिर २३ गते आइतबारसम्म सडक बन्द गरी निर्माण गरिने पूर्वीसडक खण्ड आयोजनाले जनाएको छ । राति १ बजेदेखि १ः३० बजेसम्म भने सडक आवागमनका लागि खुल्ला गरिने पूर्वी सडक खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए ।

उनका अनुसार यस सडक खण्डमा ४१ दशमलव ५ किमी दूरी रहेको छ । हालसम्म दुई लेनको ६३ किमी सडक कालोपत्र गरिएको छ भने ६८ प्रतिशत प्रगति भएको छ । उक्त अवधिभर अत्यावश्यक सवारी साधनबाहेक अन्य सवारी साधनका लागि सडक पूर्ण रुपमा बन्द हुने जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।

‘आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने छ,’ उनले भने, ‘यस राजमार्ग भएर गुड्ने सवारीसाधानले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।’

उक्त अवधिमा रोकिने सवारी साधनले रोक्दा वा चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्न र सवारी लामबद्ध भएको अवस्थामा जथाभावी ओभरटेकसमेत नगर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट