काठमाडौँ । देशभर पश्चिमी वायु तथा पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव हुने अनुमान गरिएको छ । पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा हुने प्रक्षेपण गरिएको छ ।
मंगलबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मंगलबार राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।