काठमाडौँ । उत्तरपश्चिम पाकिस्तानमा भएको आक्रमणमा आठ जना सैनिकको मृत्यु भएको छ । सात जना प्रहरी अपहरणमा परेको प्रहरी तथा गुप्तचर अधिकारीलाई उदृत गर्दै एएफपीले जनाएको छ ।
खैबर-पख्तुनख्वा प्रान्तको तिराह क्षेत्रमा भएको झडपमा “आठ सैनिक’ र ‘नौ आतंकवादी’ मारिएको एक जना गुप्तचर अधिकारीले नाम न छाप्ने सर्तमा बताएका छन् ।
पाकिस्तानी तालिबान (टीटीपी)ले यस घटनाको जिम्मेवारी लिएको छ । तालिबानले प्रान्तमा भएको छुट्टै आक्रमणमा, एउटै चौकीका सात जना प्रहरी अधिकारीहरू अपहरण गरेको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् ।
अफगानिस्तानसँगको सिमानामा टीटीपीको आक्रमण बढेको बताउँदै प्रहरी अधिकारी मुहम्मद जिया उद-दिनले घटनाको पुष्टि गरे ।