बाेलेरोले ठक्कर दिँदा युवकको मृत्यु, दोषीको खोजी गर्न माग गर्दै आन्दोलन-Sutra News

बाेलेरोले ठक्कर दिँदा युवकको मृत्यु, दोषीको खोजी गर्न माग गर्दै आन्दोलन

मंगलबार, ४ मंसिर २०८१

मंगलबार, ४ मंसिर २०८१

काठमाडौँ । सवारी दुर्घटनाको घटनालाई लिएर डोटीस्थित केआईसिंह राजमार्ग अवरुद्ध पारिएको छ । अपरिचित गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका १ सिर्खोलीका ३२ वर्षीय लोकेन्द्र साउदको मृत्यु भएको थियो ।



शनिबार साँझ सुपप्र ०३००१ प ०६६८ नम्बरको मोटरसाइकललाई शिखर नगरपालिका ८ खुनस्थित नम्बर नखुलेको बोलेरो जिपले ठक्कर दिँदा मोटरसाइकलमा सवार साउदको मृत्यु थियो । मोटरसाइकल चालक प्रकेश विक घाइते भएका थिए ।

दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिको माग गर्दै सोमबार साँझबाट राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्ध हुँदा डोटी, आछाम र बाजुराबाट अन्यत्र जाने तथा तराईबाट भित्रिने सवारी साधन तथा सयौँ यात्रु अलपत्र परेका छन् ।

अलपत्र परेका यात्रुले यथाशीघ्र अवरुद्ध सडक खोल्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । यता जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दीप शाहले पीडित पक्षसँग सहमतिका लागि जिल्ला प्रहरी कार्यालयमा वार्ता जारी रहेको जानकारी दिए ।

प्रहरीले दुर्घटनामा संलग्न भएको आशंकामा एक बोलेरो जिप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट