सेयर बजारमा भारी गिरावट, कति भयो कारोबार ?-Sutra News

सेयर बजारमा भारी गिरावट, कति भयो कारोबार ?

मंगलबार, ४ मंसिर २०८१

मंगलबार, ४ मंसिर २०८१

काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा भारी गिरावट भएको छ । सार्वजनिक बिदाका कारण सोमबार कारोबार बन्द भएको थियो ।



आज नेप्से परिसूचक ५१.११ अंकले गिरावट हुँदा २७०२ अंकमा झरेको हो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंक घटेको हो ।

बजार घट्दा कारोबार रकममा समेत असर परेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार हुँदा आज १० अर्ब ४६ करोड कारोबार भयो ।

आज कूल २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो । बैंकिङ १.११, विकास बैंक २.२९, फाइनान्स २.३१, होटल तथा पर्यटन ३.१७, हाइड्रोपावर ३.०७ प्रतिशत घटेले घटेको छ ।

आत्मनिर्भर लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । नारायणी विकास बैंकको ७.२७, गुराँस लघुवित्तको ५.८४, युनिक नेपाल लघुवित्तको ५.३७ प्रतिशत मूल्य बढ्यो ।

ङादी ग्रुप पावरको मूल्य सबैभन्दा धेरै ९.२५ प्रतिशत घट्दा समृद्धि फाइनान्सको ८.५५, जानाकी फाइनान्सको ८.२० र धौलागिरि लघुवित्तको ७.९४ प्रतिशतले गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट