काठमाडौँ । बाराको निजगढ नगरपालिका १३ पानीसराकी एक नाबालिकालाई बलात्कार गरेको आरोपमा प्रहरी पक्राउ परेको छ ।
निजगढ नगरपालिका १३ डम्बरपुरस्थित आफन्तको घरमा बस्दै आएकी ११ वर्षीया बालिकालाई खाने कुरा किनिदिने भन्दै स्थानीय एक पुरुषले बलात्कार गरेको प्रहरीको भनाइ छ ।
मकवानपुर बकैया गाउँपालिका २ घर भई हाल डम्बरपुरमै बस्दै आएका वर्ष ४१ का लालकुमार घलानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनी स्थानीय लालबहादुर गोलेको घरमा मजदुरी गर्दै आएका थिए ।