मन्त्री हुँदा मानव तस्करीको आरोप, थप पाँच दिन हिरासतमा राख्न अनुमति-Sutra News

मन्त्री हुँदा मानव तस्करीको आरोप, थप पाँच दिन हिरासतमा राख्न अनुमति

मंगलबार, ४ मंसिर २०८१

मंगलबार, ४ मंसिर २०८१

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले जापानमा मानव तस्करी गरेको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।



अदालतले मंगलबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । मानव तस्करी आरोपमा विराटनगरबाट पक्राउ परेका उनीलाई काठमाडौँमा अनुसन्धान गरिरहेको
छ ।

मन्त्री पदमा बसेर मानव तस्करी गरेको आरोप लागेसँगै उनले पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट