जीप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, सात जना घाइते-Sutra News

जीप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, सात जना घाइते

मंगलबार, ४ मंसिर २०८१

मंगलबार, ४ मंसिर २०८१

काठमाडौँ । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका ९ स्थित दैजी जोगबुढामा दुर्घटना भएको हो ।



दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु १ ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो ।

दुर्घटनामा सात जना घाइते भएका छन् । तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट