काठमाडौँ । नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको हो ।
जसअनुसार आज सुनको मूल्य तोलामा एक लाख ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य तोलामा एक लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, बुधबार चाँदीको मूल्य तोलामा एक हजार ९५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा एक हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।