चट्याङ लागेर ११ जनाको मृत्यु-Sutra News

चट्याङ लागेर ११ जनाको मृत्यु

बुधबार, ५ मंसिर २०८१

बुधबार, ५ मंसिर २०८१

काठमाडौं। भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ । चट्याङ लागेर अरू धेरै मानिस घाइते भएका छन् ।



घाइतेहरूको अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चट्याङ लागेर ज्यान गुमाउने ११ जनामध्ये तीन नाबालिग र दुई जना युवासमेत रहेका माल्दाका जिल्ला अधिकारी नितिन सिंघानियाले बताए । उनले पीडित परिवारलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताएको खबरमा उल्लेख छ ।

जिल्ला प्रशासनले पनि उनीहरूलाई सहयोग गरिरहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट