दर्शकसँग भेट गर्न नेपालगञ्जमा ‘ह्रस्व दीर्घ’को टोली, चार दिनको कमाइ कति ?-Sutra News

दर्शकसँग भेट गर्न नेपालगञ्जमा ‘ह्रस्व दीर्घ’को टोली, चार दिनको कमाइ कति ?

बुधबार, ५ मंसिर २०८१

बुधबार, ५ मंसिर २०८१

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा उत्साहजनक व्यापार गरिरहेको छ । वीक डेजमा समेत राम्रो व्यापार गरिरहेको सिनेमाले आज नेपालगञ्ज सर्वाधिक शोज पाएको हो ।



बाँकेको नेपालगञ्जमा सञ्चालित दुई हल सिने रोयल र क्युएफएक्स बागेश्वरीले ह्रस्व दीर्घलाई १५ शोज उपलब्ध गराएका छन् । ती सवै शो राताम्य देखिएका छन् । सिने रोयलले उपलब्ध गराएका १० शो र क्युएफएक्स बागेश्वरीले सिनेमालाई ५ शो उपलब्ध गराएका छन् । बिहानी शोबाट नै सिनेमालाई आज उल्लेख्य साथ पाइरहेको छ ।

सिनेमालाई दर्शकको उच्च साथ मिलेसँगै निर्माण टिम आज दर्शकसँग साक्षात्कार गर्न नेपालगञ्ज पुगेको हो । सिनेमाकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना, हरिहर अधिकारी, भारतीय अभिनेता प्रदीप सिंह रावत र निर्देशक चन्द्र पन्त बुधबार बाँकेको नेपालगञ्ज पुगेका हुन् । भारतीय अभिनेता प्रदीप नेपालगञ्जबाट भारत फर्किन लागेको निर्देशक पन्तले बताए ।

यसैबीच, सिनेमाको निर्माण टिमले चार दिने बक्सअफिस कलेक्सन रिपोर्टसमेत सार्वजनिक गरेको छ । सिनेमाले ४ दिनमा ३ करोड ६५ लाख ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिएका छन् । सिनेमाले शुक्रबार ८० लाख, शनिबार १ करोड २० लाख, आइतबार ७५ लाख र सोमबार ९० लाख ग्रसकलेक्सन गरेको बितरक कम्पनि ब्यंकटेश इन्टरटेनमेन्ट उल्लेख गरेको छ ।

यता मंगलबार सिनेमामा समावेश नयाँ गीत जपिँदैन हरि सार्वजनिक गरिएको थियो । एक जोडीको प्रेमभाव बोल्ने गीतमा केतन क्षेत्री र मेनुका पौडेलको स्वर र प्रतिक पौडेलको शब्द रचना तथा संगीत छ । गीतमा नीता ढुंगाना, हरिहर अधिकारी र सरोज खनालसहितका कलाकारहरु फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा नीता र हरिहर रोमान्टिक देखिएका छन् ।

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’ले देशभरका सिनेमा घरमा उत्साहजनक व्यापार गरिरहेको छ । वीक डेजमा समेत राम्रो व्यापार गरिरहेको सिनेमाले आज नेपालगञ्ज सर्वाधिक शोज पाएको हो ।

बाँकेको नेपालगञ्जमा सञ्चालित दुई हल सिने रोयल र क्युएफएक्स बागेश्वरीले ह्रस्व दीर्घलाई १५ शोज उपलब्ध गराएका छन् । ती सवै शो राताम्य देखिएका छन् । सिने रोयलले उपलब्ध गराएका १० शो र क्युएफएक्स बागेश्वरीले सिनेमालाई ५ शो उपलब्ध गराएका छन् । बिहानी शोबाट नै सिनेमालाई आज उल्लेख्य साथ पाइरहेको छ ।

सिनेमालाई दर्शकको उच्च साथ मिलेसँगै निर्माण टिम आज दर्शकसँग साक्षात्कार गर्न नेपालगञ्ज पुगेको हो । सिनेमाकी निर्मात्री तथा अभिनेत्री नीता ढुंगाना, हरिहर अधिकारी, भारतीय अभिनेता प्रदीप सिंह रावत र निर्देशक चन्द्र पन्त बुधबार बाँकेको नेपालगञ्ज पुगेका हुन् । भारतीय अभिनेता प्रदीप नेपालगञ्ज बाट नै भारत फर्किन लागेको निर्देशक पन्तले बताए ।

यसैबीच सिनेमाको निर्माण टिमले ४ दिने बक्सअफिस कलेक्सन रिपोर्ट समेत सार्वजनिक गरेको छ । सिनेमाले ४ दिनमा ३ करोड ६५ लाख ग्रसकलेक्सन गरेको वितरक मनोज राठीले जानकारी दिएका छन् । सिनेमाले शुक्रबार ८० लाख, शनिबार १ करोड २० लाख, आइतबार ७५ लाख र सोमबार ९० लाख ग्रसकलेक्सन गरेको बितरक कम्पनि ब्यंकटेश इन्टरटेनमेन्ट उल्लेख गरेको छ ।

यता मंगलबार सिनेमामा समावेश नयाँ गीत जपिँदैन नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् ।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली सिनेमा हो ।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा तेलुगु र हिंन्दी भाषामा पनि रिलिज हुने तयारीमा छ ।हरि सार्वजनिक गरिएको थियो । एक जोडीको प्रेमभाव बोल्ने गीतमा केतन क्षेत्री र मेनुका पौडेलको स्वर र प्रतिक पौडेलको शब्द रचना तथा संगीत छ । गीतमा नीता ढुंगाना, हरिहर अधिकारी र सरोज खनालसहितका कलाकारहरु फिचर्ड छन् । सार्वजनिक गीतको भिडियोमा नीता र हरिहर रोमान्टिक देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट