गाजा युद्धविरामको पक्षमा मतदान गर्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्-Sutra News

गाजा युद्धविरामको पक्षमा मतदान गर्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्

बुधबार, ५ मंसिर २०८१

बुधबार, ५ मंसिर २०८१
फाइल तस्बिर

गाजा । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले युद्ध अन्त्यको पछिल्लो प्रयास स्वरुप गाजामा युद्धविरामको आह्वान गर्ने अर्को मस्यौदा प्रस्तावमा बुधबार मतदान गर्ने तयारी गरेको छ । तर यो मस्यौदालाई इजरायलको मुख्य सहयोगी अमेरिकाले अवरुद्ध गर्न सक्ने आकंलन गरिएको छ ।



प्रस्तावको पछिल्लो मस्यौदाले इजरायल र हमासबिचको युद्धमा तत्काल, स्थायी युद्धविराम तथा सबै बन्धकहरूको बिना सर्त रिहाईको माग गरेको छ । यद्यपि यसले इजरायललाई आक्रोसित बनाएको छ भने स्थायी युद्धविरामको विषयमा अमेरिकी भिटोको डर बढाएको छ ।

यसैबिच राष्ट्रसङ्घका लागि इजरायली राजदूत ड्यानी डेननले यो प्रयासलाई हास्यस्पद भन्दै राष्ट्रसङ्घले आफ्ना नागरिकहरूको सुरक्षा गर्नबाट इजरायललाई रोक्न नसक्ने बताएका छन् । अमेरिकी राजदूत रोबर्ट वुडले यो युद्धविराम र बन्धकहरूको रिहाइको सम्बन्धमा सुरुदेखि नै अमेरिकाको मुख्य भुमिका रहेको जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट