भूकम्पको धक्का महसुस-Sutra News

भूकम्पको धक्का महसुस

बिहिबार, ६ मंसिर २०८१

बिहिबार, ६ मंसिर २०८१

काठमाडौं। कास्की र मनाङको सिमानमा बिहीबार भूकम्पको धक्का महसुस गरिएको छ ।



बिहान १० बजेर १३ मिनेटमा अन्नपूर्ण दोस्रो हिमाल आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यो परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट