काठमाडौं। नेपाली राष्ट्रिय किक्रेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी-२० अलराउन्डरको विश्व वरीयतामा दोस्रो स्थानमा कायमै छन् ।
आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयताअनुसार दीपेन्द्रको वरियता स्थिर रहेको छ ।
यता, भारतीय क्रिकेटर हार्दिक पाण्डेय भने शीर्ष स्थानमा उक्लिएका छन् । दुई स्थान सुधार गर्दै उनी शीर्षमा पुगेका हुन् ।
लगातार भारतको खेल भइरहँदा उत्कृष्ट प्रदर्शन गरेका पाण्डेय २४४ अंकसहित पहिलो स्थानमा छन् । भारतको तुलनामा नेपालको कम खेल हुँदा दीपेन्द्रको स्थान यथावत् रहेको देखिन्छ ।
यसअघि शीर्ष स्थानमा रहेका इङ्ल्यान्डका लायम लिभिङस्टोन भने तेस्रो स्थानमा झरेका छन् ।