दुई दिन सार्वजनिक बिदा-Sutra News

दुई दिन सार्वजनिक बिदा

बिहिबार, ६ मंसिर २०८१

बिहिबार, ६ मंसिर २०८१

काठमाडौं। बैतडीको पञ्चेश्वर गाउँपालिकाले स्थानीय मेलाका लागि दुई दिन सार्वजनिक बिदा दिएको छ । ४ नम्बर वडास्थित धुरा कैलपाल मन्दिरमा लाग्ने जात्राका लागि बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जनाएको छ ।



गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बुधबार सार्वजनिक सूचनाबाट धुरा कैलपालमा मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लेख्य र उल्लासमय सहभागिता रहने भएकाले पालिकाले दुईदिन सार्वजनिक बिदा दिइएको बताए । यसअवधिमा गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था लगायतमा सार्वजनिक बिदा रहेको उनले बताए ।

सुदूर पहाडमा कार्तिक शुक्ल पक्षबाट सुरु भएको जात्रा अन्तर्गत बैतडीमा धुरा कैलापाल मन्दिरको जात्रा अन्तिम जात्रा हो । स्थानीयहरूले धुरा जात भनेर सम्बोधन गर्ने उक्त जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय क्षेत्रका दर्शनार्थीहरुको समेत सहभागिता रहने गर्दछ । धुरा कैलपाल मन्दिरमा हरेक वर्ष मंसिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथिमा जात्रा लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट