सत्तामा रहेको एमाले शक्ति जाँच्न सडकमा कार्यकर्ता उतार्दै-Sutra News

सत्तामा रहेको एमाले शक्ति जाँच्न सडकमा कार्यकर्ता उतार्दै

बिहिबार, ६ मंसिर २०८१

बिहिबार, ६ मंसिर २०८१

काठमाडौं। सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले ‘जगारण सभा’को नाममा शक्तिको जाँच गर्न कार्यकर्ता सडकमा उतार्दै छ । सरकारमा रहेको एमालेले राजनैतिक अस्थिरता विरुद्धमा भन्दै आफ्ना एक लाख कार्यकर्ता सडकमा उतार्ने तयारी गरिरहेको छ ।



एमालेले भोलि अर्थात मंसिर ७ गते दरबारमार्गमा जागरण सभा गर्दैछ। एमालेको काठमाडौं, ललितपुर, भक्तपुर, विशेष जिल्ला कमिटी, सम्पर्क समन्वय कमिटीको आयोजनामा उक्त सभा गर्न लागिएको हो।

करिब १ लाख कार्यकर्ता सडकमा उतार्ने जिम्मा पाएका बागमती इन्चार्ज राजन भट्टराई भने कम्बोडिया पुगेका छन् ।

राजनीतिक दल सत्तामा नहुँदा र हुँदा पनि जनताका जानुलाई स्वाभाविक रूपमा लिनुपर्ने एमाले नेताहरु बताउँदै आएका छन् । उक्त सभालाई एमालेले शक्ति जाँचका रुपमा पनि हेरेको केही नेताहरुको धारणा रहेको छ ।

उता, सत्ता प्रतिपक्षमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि आन्दोलनको तयारी गरिरहेको छ । रास्वपा सभापति रवि लामिछानेलाई सरकारले प्रतिशोधको भावनाले झुटा मुद्धामा अनावश्यक दुःख दिईरहेको भन्दै दोस्रो चरणको आन्दोलन तयारी सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट