काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह र खड्ग प्रदान गरेका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले द्विवेदीलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
नेपाल–भारतबीचको सैनिक सम्बन्धको निरन्तरता स्वरूप दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ। भारतीय स्थल सेनाका सेनाध्यक्ष द्विवेदी प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा चार दिने भ्रमणका लागि बुधबार मात्रै काठमाडौं आइपुगेका थिए।