नेप्सेमा ३१.३१ अंकको गिरावट-Sutra News

नेप्सेमा ३१.३१ अंकको गिरावट

बिहिबार, ६ मंसिर २०८१

बिहिबार, ६ मंसिर २०८१

काठमाडौं। साताको कारोबारको अन्तिम दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से ३१.३१ अंकले घटेर दुई हजार ६ सय ८० दशमलव ४४ विन्दुमा झरेर बन्द भएको हो ।



बिहीबार ८ अर्ब २५ करोड ७६ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ४३ कम्पनीको शेयरमूल्य बढ्दा १९७ को घट्यो भने ४ कम्पनीको स्थिर रहेको छ ।

दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६५१ रुपैयाँ पुगेको छ भने थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९७३ रुपैयाँ पुगेको छ ।

आजको कारोबारमा जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ९६५ रुपैयाँमा झरेको छ ।

नेपाल फाइनान्स लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज २५ करोड २४ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट