एमालेको शक्ति प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सास्तीमा सर्वसाधरण-Sutra News

एमालेको शक्ति प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त, सास्तीमा सर्वसाधरण

शुक्रबार, ७ मंसिर २०८१

शुक्रबार, ७ मंसिर २०८१

काठमाडौं। काठमाडौँ उपत्यकामा आज सवारी साधनको जामका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।



अहिले काठमाडौँका मुख्य स्थानहरू न्यूरोड, शहिदगेट, सुन्धारा, जमल, भृकुटीमण्डप, भद्रकाली, त्रिपुरेश्वर, सिंहदरवार क्षेत्रमा अत्यधिक जाम छ । त्यसैले उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट सार्वजनिक गरेको छ ।

आज सत्तारुढ नेकपा एमालेसहित विभिन्न पक्षले काठमाडौँका दुई र ललितपुरका दुई स्थानमा केन्द्रित भएर प्रदर्शनको तयारी गरेका छन् ।

एमालेले जागरण सभा नामबाट दरबारमार्गमा शक्ति प्रदर्शन गर्दै छ । सभा अघि विभिन्न स्थानबाट र्‍याली निकाल्ने एमालेले जनाएको छ । त्यसैले ट्राफिक प्रहरीले सो क्षेत्रमा सवारी आउ–जाऊ गर्न रोक लगाएको छ ।

यस्तै दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

विभिन्न ठाउँबाट सुरु भएको जुलुस दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । यस्तै, माइतीघरमा सहकारी पीडितको प्रदर्शन छ । दुर्गा प्रसाईँ समर्थकको समेत प्रदर्शन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट