पूर्व डीआईजी जोशीको बयान सकियो, आजै पोखरा लैजाने सम्भावना-Sutra News

पूर्व डीआईजी जोशीको बयान सकियो, आजै पोखरा लैजाने सम्भावना

शुक्रबार, ७ मंसिर २०८१

शुक्रबार, ७ मंसिर २०८१

काठमाडौं । काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न पूर्व डीआईजी छबिलाल जोशीसँग लिएको प्रहरीको बयान सकिएको छ ।



मंसिर ४ मा उनलाई काठमाडौँमा ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् । प्रहरीले उनलाई शुक्रवार नै पोखरा पठाउने जनाएको छ । जोशीमाथि प्रहरीले पोखराको सुर्यदशर्न सहकारी र बुटवलको सुप्रिम सहकारीको रकम अपचलनबारे पनि अनुसन्धान गरिरहेको छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम गोरखा मिडिया नेटवर्कमा अवैध तरिकाले गएको भेटिएको छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ८२ लाख गोरखा मिडियामा अवैध तरिकाले लगेर अपचलन गरेको भेटिएको अनुसन्धानमा संलग्न अधिकृतले बताए । स्वर्णलक्ष्मीका ६४५ जना बचतकर्ताले प्रहरीमा जाहेरी दिएका छन् । पूर्वडीआईजी जोशी गोरखा मिडियाका सञ्चालक हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट