काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ०८३ असारसम्म आफैँ प्रधानमन्त्री रहने बताएका छन् ।
०८४ को मंसिरसम्म अहिलेकै वर्तमान समीकरण रहिरहने दाबी समेत गरेका छन्। काठमाडौँको दरबारमार्गमा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा उनले कुनै पनि भ्रममा नपर्न आग्रह समेत गरेका छन्।
‘०८४ साल मंसिरको चुनावसम्म अहिलेको समीकरण कायम रहन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यस्ता भ्रममा नपर्नुस, आम जनतालाई त्यस्ता भ्रममा पर्न नदिनुस्।’ उनले भने ०८४ को चुनाव शेरवहादुर देउवा जीको नेतृत्वमा हुन्छ ।