माओवादी विभाजनको श्रृङ्खला रोकियो- प्रचण्ड-Sutra News

माओवादी विभाजनको श्रृङ्खला रोकियो- प्रचण्ड

शुक्रबार, ७ मंसिर २०८१

शुक्रबार, ७ मंसिर २०८१

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको बताएका छन् ।



चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा शुक्रबार पार्टी कार्यकर्ताहरूसँगको भेटघाट तथा छलफल कार्यक्रममा प्रचण्डले विभाजनको शृङ्खला रोकिएको र एकताको प्रक्रिया सुरु भएको बताए ।

‘अब मिल्नुको विकल्प छैन, विभाजनको श्रृङ्खला रोकिएको छ, सबै माओवादी एकताको प्रक्रियामा छन्,’ उनले भने । देशको विकास तथा निकासका लागि पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले भने, ‘हामीले पूर्ण समानुपातिक र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली भनिरहेका छौँ, अहिले बिस्तारै सबै पार्टीका बुद्धिजीवी पनि यो कुरा ठिकै हो भन्न थालेका छन् ।’

अहिलेको निर्वाचन प्रणालीले राजनीतिक भ्रष्टाचार बढाउने उनको भनाइ थियो । कार्यकर्तालाई पार्टीले गरेका सम्पूर्ण राम्रा कामबारे जनतासामु प्रष्ट पार्न उनले निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट