रविलाई काठमाडौं ल्याउने तयारी-Sutra News

रविलाई काठमाडौं ल्याउने तयारी

शुक्रबार, ७ मंसिर २०८१

शुक्रबार, ७ मंसिर २०८१

काठमाडौं। स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन पोखराबाट काठमाडौं ल्याइएका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ ।



पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका जोशीलाई स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको बयान लिन प्रहरीले गएको मंगलबार काठमाडौं ल्याएको थियो ।

प्रहरी र जिल्ला सरकारी वकिल कार्यालयले बुधबारबाट बयान लिन थालेका थिए । बिहीबार बयान सकेर शुक्रबार पोखरा नै फिर्ता पठाएको जिल्ला प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।

सोही सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पनि काठमाडौं प्रहरीले पोखराबाट झिकाउने तयारी गरेको छ ।

जोशीलाई शुक्रबार नै फर्काएर लामिछानेलाई शनिबार ल्याउने तयारी प्रहरीको छ । विभिन्न पाँच जिल्लाको सहकारीको रकम रवि र छवि समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा ६५ करोड रुपैयाँ गएको खुलेपछि उनीहरू दुवैजना पक्राउ गरेका हुन् । सहकारी ठगीका मुख्य आरोपी गितेन्द्र राई (जीबी) भने अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट