राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतहरूद्वारा ओहोदा प्रमाणपत्र पेस-Sutra News

राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतहरूद्वारा ओहोदा प्रमाणपत्र पेस

शुक्रबार, ७ मंसिर २०८१

शुक्रबार, ७ मंसिर २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । शुक्रबार राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा तीन देशका आवासीय र गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।



ओहोदाको प्रमाणपत्र पेस गर्नेमा इजराइलका आवासीय राजदूत श्मुलिक एरी बास, स्पेनका गैरआवासीय राजदूत जुआन एन्टोनियो मार्च पुजोल र न्युजिल्याण्डका गैरआवासीय राजदूत पैट्रिक जोन राटा रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । समारोहमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट