नमुना मतपत्र सार्वजनिक-Sutra News

नमुना मतपत्र सार्वजनिक

शुक्रबार, ७ मंसिर २०८१

शुक्रबार, ७ मंसिर २०८१

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका निम्ति मतपत्रको नमुना सार्वजनिक गरेको छ । शुक्रबार आयोगले वेबसाइटबाट मतपत्रको नमुना सार्वजनिक गरेको हो ।



आयोगकी प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार, उमेदवारको संख्याको आधारमा राजनीतिक दल र स्वतन्त्र उमेदवारले प्राप्त गरेका निर्वाचन चिह्नमात्र समावेश गरिएको छ ।

नमुना मतपत्रको आधारमा राजनीतिक दल तथा उमेदवारहरूले प्रचारप्रसार एवम् मतदाता शिक्षा अभियान सञ्चालन गर्न सक्ने आयोगले जनाएको छ ।

आयोगले उपनिर्वाचनमा मतदाताको व्यापक सहभागिता हुने गरी आवश्यक काम गर्न आह्वान पनि गरेको छ ।

आगामी मंसिर १६ गते स्थानीय तहमा रिक्त ४१ पदमा उपनिर्वाचन हुँदै छ । ४४ स्थानका लागि उपनिर्वाचन गर्न लागिएकामा दुई जिल्ला समन्वय प्रमुख र एक वडा अध्यक्ष पद निर्विरोध भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट