स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सेवा ऐन ल्याउने तयारी-Sutra News

स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्य सेवा ऐन ल्याउने तयारी

शुक्रबार, ७ मंसिर २०८१

शुक्रबार, ७ मंसिर २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीनै तहमा समायोजन भएका स्वास्थ्य सेवाका कर्मचारीको समस्या सम्बोधन गर्ने उद्देश्यकासाथ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरेको छ ।



बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीयता अनुरुपको स्वास्थ्य सेवा ऐन अघि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । हालसम्म नेपाल स्वास्थ्य सेवा ऐन २०५३ नै अस्तित्वमा रहेकामा यसले सङ्घीयताअनुरुप कर्मचारीको व्यवस्थापन गर्न नसकेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले ऐन ल्याउनका लागि प्रक्रिया अघि बढाउने उद्देश्यका साथ मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेका थिए ।

सङ्घीयताअनुरूपको नयाँ ऐन नआउँदा समायोजन भएका कर्मचारीको वृत्ति विकासमा समस्या देखिएको छ । ऐन कार्यान्वयनमा आए सङ्घीय स्वास्थ्य सेवामा रहेका २८ हजारका कर्मचारी तथा विभिन्न तहमा समायोजनमा रहेका गरी कूल ५८ हजार बढी स्वास्थ्य कर्मचारी लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट