काठमाडौं । सत्ता नेतृत्वकर्ता नेकपा (एमाले)ले शुक्रवार दिउँसो काठमाडौंको दरबारमार्गमा जागरण सभा ग¥यो । ‘जागरण’ नाममा सभा गरेको एमालेले सडकभरि भने फोहोर बनाएर छाड्यो ।
एमालेले सडकभरि बनाएको फोहोर सफा गर्नुपर्ने बाध्यता काठमाडौं महानगरलाई आइप¥यो । महानगरले कर्मचारी लगाएर फोहोर त सफा ग¥यो सँगै जरिवानाको पत्र पनि काट्यो ।
महानगरले सत्तारुढ एमालेलाई जथाभाबी फोहोर मैला गरी वातावरण प्रदूषण गरेको भन्दै एक लाख रुपैयाँ जरिवाना तोकिएको पत्र काटेको थियो । महानगरले फोहोर मैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एमालेलाई जरिवाना तोकिएको जनाएको छ ।
महानगर एक्सनमा उत्रिएपछि एमालेले भने लोकलाज छोप्न नामको सरसफाइ गरेको छ । महानगरको सरसफाइ समूहले सडक सफा गरेपछि एमालेको भातृ संगठन युवा संघले सरसफाइ गरेको हो ।
युवा संघका निवर्तमान अध्यक्ष रमेश पौडेलले महानगरले प्रतिशोध साँधेको आरोप लगाए । साथै, उनले फोहोर संकलन गरी सवारी साधनको सहयोग माग्दा नदिएको पनि आरोप लगाएका छन् ।