काठमाडौं। उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारद्वारा गठित फोहोर व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) अनुपस्थित भएका छन् ।
सहरी विकास मन्त्री प्रकाशमान सिंहसहितको उपस्थितिमा बैठक आज बिहान सहरी विकास मन्त्रालयमा बसेको हो। बैठकले विभिन्न निर्णय गरेको र केही बेरमा सार्वजनिक हुने बताइएको छ।
बैठकमा ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनसहित प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास मन्त्रालयका सचिवलगायत सहभागी भएका थिए।
काठमाडौँको फोहोर व्यवस्थापनका विषयमा मेयर बालेन र केन्द्रीय सरकारबीच मतभेद छ। उनले केही समय अगाडी सामाजिक सञ्जालमा फोहोर व्यवस्थापनमा केन्द्र सरकारले राजनीति गरेको आरोप लगाएका थिए ।