काठमाडौं। दुर्गा प्रसाईंको पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा आइतबार सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।
छोरा निराजन प्रसाईंले शुक्रबार दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भएको हो ।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी रहेको भन्दै अप्रमाणित कागजात सार्वजनिक गरेको अभियोगमा प्रसाईंलाई पक्राउ गरिएको थियो ।
सोही पक्राउविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट लिएर छोरा निराजन सर्वोच्च अदालत पुगेका हुन् ।
पहिलो नम्बरमा पेशी चढेको उक्त रिटमाथि सुनुवाइ भइसकेको सर्वोच्च अदालतको वेबसाइटमा उल्लेख छ ।