काठमाडौं। प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाका सचिव अधिकारीले राजीनामा दिएको बताए ।
‘स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ’ प्रवक्ता गिरीले बताए ।
प्रतिक्रिया दिनुहोस्