काठमाडौं । सत्तारुढ नेकपा (एमाले)ले काठमाडौं महानगरपालिकाले पठाएको एक लाख जरिवानाको पत्र बुझ्न अस्वीकार गरेको छ । आइतबार जरिवानाको पत्र बुझाउन पुगेको महानगरको टोलीलाई एमाले केन्द्रीय कार्यालयले आफूहरु आयोजक नभएको भन्दै पत्र नबुझि फिर्ता पठाएको हो ।
एमालेले पत्र नबुझेपछि महानगरको टोली फिर्ता भएको छ ।
यसअघि पनि महानगरले जरिवाना तोक्दै पत्र लेखेको थियो । तर, एमालेले वेवास्ता गरेपछि काठमाडौं महानगरको टोली केन्द्रीय कार्यालय नै पुगेर पत्र दिन खोजेको हो ।
एमाले केन्द्रीय कार्यालयले कार्यक्रमको आयोजक काठमाडौं जिल्ला कमिटी भएको बताएको छ ।
शुक्रबार एमालेले दरबारमार्गमा जागरण सभा आयोजना गरेको थियो । जुन सभा आयोजना गर्दा जथाभावी फोहोर गरेको भन्दै महानगरले कारबाही स्वरुप जरिवानाको निर्णय गरेको थियो ।