काठमाडौं । सरकारले सुनमा लगाएको भन्सारदर घटाएसँगै स्थानीय बजारमा सुनको मूल्य निकै सस्तिएको छ । १० प्रतिशत भन्सारदर घटेसँगै आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलाकै १५ हजार ९ सय रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य १ लाख ५१ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसअघि आइतबार सुनको मूल्य १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले बजेट घोषणासँगै सुनमा भन्सारदर बढाएको थियो । जेठ १५ मा तत्कालिन अर्थमन्त्री वर्षमान पुनले आर्थिक ऐनमार्फत सुनको भन्सारदर २० प्रतिशत पु¥याएका थिए । त्यसअघि भन्सारदर १५ प्रतिशत कायम थियो ।
भन्सारदर २० प्रतिशत बनाइएसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको थियो ।
सुनको बढ्दा स्थानीय बजारमा वैधानिक किनबेच पनि बन्द भएको गुनासो सुनचाँदी व्यवसायीहरुले गरेका थिए । वैधानिक किनबेच नै बन्द भएको गुनासोका बिच सरकारले मन्त्रिपरिषद् बैठकमार्फत सुनको भन्सारदर घटाउने निर्णय गरेको हो । जुन सोमबारदेखि लागु भएको हो ।
सुनको भन्सारदर महँगो पर्दा नेपालमा भन्दा भारतमा सुनको मूल्य तोलाकै २० हजार हाराहारीले सस्तो छ । भारतमा सुनको भन्सारदर ६ प्रतिशतमात्रै छ ।