काठमाडाैं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराई प्रधानमन्त्रीले बोलाएको बैठकमा अनुपस्थित हुने भएका छन् । चीन भ्रमणको तयारीबारे परामर्शका लागि प्रधानमन्त्रीले सोमबार बिहान ११ बजे सिंहदरबारमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री लगायतको बैठक बोलाएका थिए ।
तर, आफू गृहजिल्ला गोरखा जान लागेकाले प्रधानमन्त्रीले चीन भ्रमणको सन्दर्भमा बोलाएको परामर्श बैठकमा सहभागी हुन नसक्ने भट्टराईले सामाजिक सञ्जाल एक्समार्फत बताएका छन् । यद्यपि उनले एक्समार्फत नै ओलीलाई केही सुझाव दिएका छन् । जसमा भट्टराईले नेपाल दक्षिण एसियाको सबैभन्दा पुरानो स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै आफ्नो सार्वभौमसत्तालाई भ्रमणका क्रममा पनि ख्याल राख्न सुझाव दिएका छन् ।