२८ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन-Sutra News

२८ प्रहरी सम्पर्कविहीन, ७ दिनभित्र हाजिर हुन निर्देशन

सोमबार, १० मंसिर २०८१

सोमबार, १० मंसिर २०८१

काठमाडौं। आफूखुसी गैर हाजिर भएका २८ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।



प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाले आज एक सूचना जारी गर्दै गैर हाजिर भएका प्रहरी नायव निरीक्षक डल्ली जंग रोकायसहितका व्यक्तिहरूको नाम/ठेगाना सार्वजनिक गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो । हाजिर हुँदा गैर हाजिर हुनुको कारण खोली स्पष्टीकरणसमेत बुझाउनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट