मुलुक ऋण लिन सक्ने अवस्थामा छैन : कांग्रेस सभापति देउवा-Sutra News

मुलुक ऋण लिन सक्ने अवस्थामा छैन : कांग्रेस सभापति देउवा

सोमबार, १० मंसिर २०८१

सोमबार, १० मंसिर २०८१

जनकपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुक ऋण लिन सक्ने अवस्थामा नरहेको बताएका छन्। जनकपुर विमानस्थलमा सोमबार पत्रकारहरूसँगको कुराकानीमा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ऋण लिन नहुने बताएका हुन्।



ऋण लिन सक्ने सामर्थ्य अहिले नेपालसँग नभएको उनले तर्क गरे । उनले ऋण नलिने, तर अरू अनुदान भए लिन तयार रहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट