पूर्व प्रधानमन्त्रीहरूलाई ओलीले भने- चीनसँग ऋण सम्झौता गर्दिनँ-Sutra News

पूर्व प्रधानमन्त्रीहरूलाई ओलीले भने- चीनसँग ऋण सम्झौता गर्दिनँ

सोमबार, १० मंसिर २०८१

सोमबार, १० मंसिर २०८१
प्रधानमन्त्री ओलीको चीन भ्रमण सम्बन्धमा छलफल काठमाडौँ, १० मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण सम्बन्धमा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा परराष्ट्र मन्त्रालयसँग छलफल गर्दै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमणका क्रममा चीनसँग ऋण सम्झौता नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले सिंहदरबारमा आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग गरेको परामर्शमा प्रधानमन्त्री ओलीले यस्तो बताएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले जानकारी दिए ।



प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै खनालले भने, ‘उहाँले यसपटकको भ्रमणमा म ऋण सम्झौता गर्दिन भन्नेजस्तो कुरा गर्नुभयो ।’ खनालले चीनसँग अहिले ऋण सम्झौता नगरेपनि चीनसँग कहिल्यै ऋण नै लिनुहुँदैन भन्ने नीति बनाउन लागेको हो भने आपत्तिजनक हुने आफूहरुले प्रधानमन्त्रीलाई सुझाव दिएको बताए ।

त्यस्तै उनले नेपालको प्रधानमन्त्रीले कुनै एउटा देश विशेषबाट भ्रमण सुरु गर्नुपर्छ भनेर भएको चर्चा सदाका लागि बन्द गर्नुपर्ने सुझाव दिएको पनि बताए । ‘सार्वभौम देश नेपालले आवश्यकताअनुसार जुनसुकै देशको भ्रमण गर्न सक्छ’, खनालले आफूले दिएको सुझावबारे बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट