काठमाडौं। टर्किएको उत्तरी प्रान्त ओर्डुमा भारी हिमपात हुँदा चार जना बेपत्ता भएका छन् । सोमवार देशका धेरैजसो भूभागमा भारी हिमपात भएको छ ।
चार व्यक्तिहरू मेसुदिए जिल्लामा फसेका थिए । गभर्नरकाअनुसार मुरात र फेरहात गुने र हुडावेर्डी र बारिस अस्लान्टासको रूपमा पहिचान गरिएको समूह शनिवार शिकारको लागि टोपक्याम क्षेत्रमा गएको थियो ।
समूहले आफ्नो परिवारलाई मस्जिदमा आश्रय लिएको र तुरुन्तै सहयोगको अनुरोध गरेको बताए । तर भीषण हावाहुरीका कारण उद्धार टोली उक्त क्षेत्रमा पुग्न सकेको छैन । हिमपात र आँधीले टर्कीएभर सडक बन्द र दुर्घटनाहरू निम्त्याएको छ ।