प्रिसेसनमै चम्कियो नेप्से-Sutra News

प्रिसेसनमै चम्कियो नेप्से

मंगलबार, ११ मंसिर २०८१

मंगलबार, ११ मंसिर २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार)को प्रिओपन सेसनमै सेयर बजार परिसूचक (नेप्से) उत्साहित शैलीमा बढेको छ । मंगलबार २१.३३ अंकले बढ्दै नेप्से २७०४.५७ को बिन्दुमा उक्लिएको छ ।



यो सेसनमा विशेषगरी बैंक, फाइनान्स, हाइड्रोलगायतका कम्पनीको कारोबार भयो । १६ हजार ६७६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ करोड १९ लाख २० हजार रुपैयाँको भयो ।

कारोबारमा आएका ८७ कम्पनीमध्ये ५७ को मूल्य बढ्यो भने २३ को मूल्य घट्यो । ७ को मूल्य भने स्थिर रह्यो ।

यो सेसनमा कारोबार रकमका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा रह्यो ।

सरकारले सोमबार मात्रै लामो समयदेखि अल्झिरहेको धितोपत्र बोर्ड अध्यक्षको विषय टुंग्याएको छ । बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गरेको थियो । जससँगै सेयर बजारमा देखिएका थुप्रै समस्या निराकरण हुने आशामा लगानीकर्ता देखिन्छन् ।

जसको प्रभाव बजार उत्साहित बनेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट