बिपी कोइराला मेमोरियलद्वारा बाल क्यान्सरको निःशुल्क उपचार-Sutra News

बिपी कोइराला मेमोरियलद्वारा बाल क्यान्सरको निःशुल्क उपचार

मंगलबार, ११ मंसिर २०८१

मंगलबार, ११ मंसिर २०८१

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बाल क्यान्सरको निःशुल्क उपचार सुरुआत गरेको छ ।



अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकोमा अब किमोलगायत औषधि पनि निःशुल्क गर्न थालेको हो । अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठनबाट किमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् ।

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ । अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा.कृष्णसागर शर्माले सुरुकै अवस्थामा बाल क्यान्सर पत्ता लाग्यो भने निको बनाउन सकिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट