काठमाडौं। गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका निम्ति यही मंसिर १९ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता सेयरका निम्ति आवेदन दिनुपर्नेछ । अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आउँदो पुस ३ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले गार्डियन माइक्रोलाइफलाई आवेदन दिएको साढे दुई महिनामै आईपीओ निष्कासन गर्न अनुमति दिएको थियो । बोर्डले कम्पनीलाई आईपीओ निष्कासन गर्न गएको शुक्रबार ९मंसिर ७० गते अनुमति दिएको हो ।
कम्पनीलाई चुक्ता पुँजीको ३० प्रतिशत अर्थात अंकित मूल्य १०० रुपैयाँका २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको थियो ।
यो कम्पनीले गत आर्थिक वर्ष २०८०र०८१ मा १४ लाख रुपैयाँ नाफा गरेको छ । यो कम्पनीको चुक्ता पुँजी ५२ करोड ५० लाख रुपैयाँ छ ।