वायु प्रदूषण उच्च हुँदा काठमाडौं उपत्यका ‘अस्वस्थकर’-Sutra News

वायु प्रदूषण उच्च हुँदा काठमाडौं उपत्यका ‘अस्वस्थकर’

मंगलबार, ११ मंसिर २०८१

मंगलबार, ११ मंसिर २०८१

काठमाडौं। वायु प्रदूषण उच्च हुँदा काठमाडौं उपत्यका ‘अस्वस्थकर’ बनेको छ । वातावरण विभागका अनुसार, मंगलबार बिहान ११ः३० बजेसम्म काठमाडौंको रत्नपार्क र ललितपुरको खुमलटार अस्वस्थकरको वर्गमा छन् ।



विभागको तथ्यांकानुसार, उक्त समयमा वायुको गुणस्तरको तह एयर क्वालिटी इन्डेक्स (एक्यूआई) दुवै स्थानमा १६० पुगेको छ ।

विभागका अनुसार, पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न स्थानको औसत एक्यूआई १५९ सम्म पुगेको थियो । हाल काठमाडौंको वायुमा पीएम (पर्टिकुलेट म्याटर)को मात्रा ६८.४ सम्म पुगेको छ ।

काठमाडौंमा यो मात्रा मंगलबार दिनभर बढेर ८३ सम्म पुग्ने र राति १० बजेपछि घट्दै जाने विभागको अनुमान छ । बुधबार बिहान ५ बजे यो मात्रा ५७ सम्म झर्नै विभागले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनले एक्यूआई ५० भन्दा कम रहेको वायुलाई स्वस्थकर मानेको छ । त्यसभन्दा माथि भए वायु अस्वस्थकर र जति एक्यूआई बढ्दै गयो, उति हानिकारक मानिन्छ ।

पीएम २.५ को मात्रा ५ माइक्रोग्राम प्रतिघनमिटरभन्दा माथि भए वायु अस्वस्थकर हुने विश्व स्वास्थ्य संगठनको मापदण्ड छ ।

पीएम १० र पीएम २.५ वायुको गुणस्तरका मुख्य मापक हुन् । पीएम २.५ ले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बनमोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ । पीएम १० ले हावामा धुलोका कणको मापन गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट