काठमाडौं। सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनले मंगलबार सर्वोच्चको मूल गेट नजिकको बोर्डमा कालो छ्यापेकी थिइन् । पठाओमा आएर सर्वोच्चको बोर्डमा उनले कालो छ्यापेको प्रहरीले जनाएको छ ।
यादवले आफू घरेलु हिंसा पीडित भएको बताउँदै आएकी छन् ।