माइतीघरमा रास्वपा कार्यकर्ताद्वारा विरोध प्रदर्शन-Sutra News

माइतीघरमा रास्वपा कार्यकर्ताद्वारा विरोध प्रदर्शन

मंगलबार, ११ मंसिर २०८१

मंगलबार, ११ मंसिर २०८१

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको रिहाइको माग गर्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ ।



माइतीघरमा भेला भएका रास्वपाका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी आरोपमा पक्राउ परेका लामिछानेलाई पोखराबाट काठमाडौँ ल्याउने तयारी हुँदा केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा रास्वपाका नेता कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।

‘रवि दाइलाई न्याय दे’ प्लाकार्ड बोकेर उनीहरूले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट