एक वर्षमा ८५ हजार महिला तथा बालिकाको हत्या- राष्ट्रसंघ-Sutra News

एक वर्षमा ८५ हजार महिला तथा बालिकाको हत्या- राष्ट्रसंघ

मंगलबार, ११ मंसिर २०८१

मंगलबार, ११ मंसिर २०८१

काठमाडौं। सन् २०२३ मा विश्वभर करिब ८५ हजार महिला तथा बालिकाको हत्या भएको राष्ट्रसंघले जनाएको छ । जसमा ६० प्रतिशत हत्या साथी तथा परिवारका सदस्यहरूद्वारा गरिएको उल्लेख छ ।



संयुक्त राष्ट्रसंघको लागु औषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसंघको महिला विभागले महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाउन प्रकाशित गरेको प्रतिवेदनले गत वर्ष हरेक १० मिनेटमा एक महिलाको हत्या भएको पुष्टि गरेको छ ।

प्रतिवेदनका अनुसार अफ्रिकाले गत वर्ष साझेदार र परिवारसँग सम्बन्धित महिला हत्याको उच्चतम दर रेकर्ड गरेको छ । त्यसपछि अमेरिका र ओसिनिया छन् ।

प्रतिवेदनले अपराधीहरूलाई जवाफदेही बनाई अब्बल न्याय प्रणालीका लागि जिवितहरूलाई सहयोग सुनिश्चित गर्नुपर्ने बताउँदै यूएनओडीसीका कार्यकारी निर्देशक घडा वलीले लैंगिक पूर्वाग्रह तथा महिलाविरुद्धको हिंसालाई अन्त्य गर्न आह्वान गरे । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट