धितोपत्रले नेतृत्व पाउँदा नेप्से उत्साहित, २७ सयमा उक्लियो इन्डेक्स-Sutra News

धितोपत्रले नेतृत्व पाउँदा नेप्से उत्साहित, २७ सयमा उक्लियो इन्डेक्स

मंगलबार, ११ मंसिर २०८१

मंगलबार, ११ मंसिर २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजार परिसूचक (नेप्से) उत्साहित शैलीमा बढेको छ । मंगलबार नेप्से ३३.४१ अंकले बढ्दै २७१६.६६ को बिन्दुमा उक्लिएको छ ।



उच्च अंकले नेप्से बढ्दै गर्दा अधिकांश समूहको सूचक बढ्यो । सबैभन्दा बढी हाइड्रो समूहको सूचक १.९७ प्रतिशतले बढ्दा सबैभन्दा कम सामूहिक लगानीको सूचक ०.२३ प्रतिशतले बढ्यो ।

आज कारोबारमा आएका २४४ कम्पनीमध्ये २११ को मूल्य बढ्दो ३२ को मूल्यमा सामान्य करेक्सन आयो भने १ को मूल्य स्थिर रह्यो ।

तीन कम्पनी (सपोर्ट माइक्रो फाइनान्स, युनाइटेड आइडिआई मर्दी र कुथेली भकारी)को मूल्य सकारात्मक सर्किट लेबलमा बृद्धि हुँदा मिथिला लघुवित्तको मूल्य ९.६२ प्रतिशतले बढ्यो ।

उच्च अंकले सूचक बढ्दै गर्दा कारोबार रकममा पनि केही सुधार आयो । एक करोड ४२ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ४४ करोड ९८ लाख रुपैयाँको भयो ।

कारोबार रकमको आधारमा नेपाल फाइनान्स, न्याग्दी ग्रुप, एनआरएन इन्फ्रास्टक्चरलगायत शीर्ष स्थानमा रहे । नेपाल फाइनान्सको मात्रै कारोबार रकम ४५ करोड ७८ रुपैयाँ बराबरको भयो ।

सोमबार मात्रै सरकारले धितोपत्र बोर्ड अध्यक्षको विषय टुंग्याएको थियो । झण्डै ११ महिनापछि धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठको नियुक्तिसँगै लगानीकर्ता उत्साहित हुँदा मंगलबार कारोबारसँगै सूचक बढेको हो ।

यद्यपि, अधिकांश ठूला मानिएका लगानीकर्ता ‘वेट एण्ड सि’मा देखिँदा अपेक्षाकृतरुपमा नेप्से बढ्न सकेन । प्रिओपन सेसनमा २१.३३ अंकले बढेको नेप्से पूर्ण कारोबार दिनमा ३३.४१ अंकमै सीमित हुनु सकारात्मक देखिन्न । तथापि, यसले आगामी समय बजार बढ्ने सुनिश्चित भने गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट